, मंगलबार, ३ चैत्र २०८२ | , Tuesday, 17 Mar 2026

सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण |

सरोकारवालाहरुले पछिल्लो समय बढ्दै गइरहेको सहरीकरणसँगै वायुप्रदूषण प्रमुख समस्या रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको दोस्रो दिन शनिबार ‘दिगो सहरहरु र समुदायहरु’ विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनसँग थपिएको वायुप्रदूषण सहरको ठूलो समस्या बनेको र यसले विशेषगरी बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

सत्रका वक्ताहरुले जलवायुजन्य विपदका कारण सहरहरु असुरक्षित रहेको बताए। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गत असोजमा भएको भारी वर्षाका कारण काठमाडौं उपत्यकामा अकल्पनीय विपदका घटना भएको भन्दै यसले अनुकूलनको पाठ सिकाएको बताए।

‘असोजको बाढी नयाँ जलवायुजन्य विनाशकारी घटना हुन्, जनचेताको अभावका कारण पनि विपदले क्षति पुगेको छ’ उनले भने, ‘अब दिगो र जलवायुमैत्री पूर्वाधार विकास तथा विपद व्यवस्थापनको नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ।’
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले पनि पछिल्लो समयमा जलवायु परिवर्तनले नसोचिएको विपद निम्त्याएको भन्दै अब समयमा नै सचेत हुनुका साथै जलवायु न्यायका लागि आवाज बुलन्द बनाउनुपर्नेमा जोड दिइन्। सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ सहर विकास गर्दा विपदमैत्री सहर बनाउनुपर्ने र यसका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए।

ग्लोबल ग्रीन ग्रोथ सेन्टरका मुख्य सल्लाहकार डा‍ बिन्धुनाथ लोहनीले विश्वको तापमान वृद्धि दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने र यसो गर्न नसकेमा सहरहरुले जलवायुजन्य चर्को समस्या भोग्नुपर्ने बताए। सहरी योजना बनाउँदा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिनका लागि उनले आग्रह गरेका छन्।

एग्रो फाउन्डेसन भारतका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक निर्देशक चरण सिंहले सहरी योजनामा हरित हाइड्रोजन, बायोमासलाई ऊर्जा र विपद्मैत्री पूर्वाधारका योजना समावेश गर्न जरुरी रहेकामा जोड दिए। लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो सत्रको सहजीकरण गरेका थिए। रासस

प्रकाशित: ११ महिना अघि | १३ चैत्र २०८१
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

९ महिना अघि

|

१६ जेठ २०८२

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१ बर्ष अघि

|

१७ पुष २०८१

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

८ बर्ष अघि

|

४ माघ २०७४

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

९ जेठ २०८२

सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण |
सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण |

११ महिना अघि

|

१३ चैत्र २०८१

४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न

१० महिना अघि

|

११ बैशाख २०८२

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

३ जेठ २०८२

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..
सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

१० महिना अघि

|

३ जेठ २०८२

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१ बर्ष अघि

|

१७ पुष २०८१

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति
राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

८ बर्ष अघि

|

४ माघ २०७४

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

९ महिना अघि

|

९ जेठ २०८२

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

९ महिना अघि

|

१६ जेठ २०८२

हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्
हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्

९ महिना अघि

|

१४ जेठ २०८२