, शनिबार, ३० जेठ २०८३ | , Saturday, 13 Jun 2026

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

ढुपा छेश्यीको अवसरमा बौद्ध तीनचुलीस्थित ह्योल्मो समाज सेवा केन्द्र ह्योल्मो गुम्बाको प्राङ्गणमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

ह्योल्मो समाज सेवा केन्द्र, ह्योल्मो सञ्चार समूह र हिल–नेपालको संयुक्त आयोजनामा तथा लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए। ढुपा छेश्यी (छ्येखोर दिछ्येन) शान्तिका महानायक भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक पञ्चवर्गीय भिक्षुहरूलाई चार आर्यसत्यको उपदेश दिनु भएको धर्मचक्र प्रवर्तन दिवस हो। यो दिवस महायानी बौद्ध धर्मावलम्बीहरूको लागि विशेष पुण्य तिथिका रूपमा मनाइन्छ।

अन्य बौद्ध धर्मावलम्बीहरूको झैं, आदिवासी जनजाति ह्योल्मो समुदायले पनि यो पर्व हरेक वर्ष विविध कार्यक्रम र पूजा–पाठ सहित धुमधामले मनाउँदै आएको छ। तर यस वर्ष भने, विश्वभर फैलिएको कोभिड–१९ को महामारी तथा नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य मापदण्डअनुसार सीमित व्यक्तिहरूको उपस्थितिमा ढुपा छेश्यी मनाइएको ह्योल्मो समाज सेवा केन्द्रका अध्यक्ष ढापा दोर्जे लामा ह्योल्मोले जानकारी दिनुभयो। वर्षाको समयमा देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोले जनधनको क्षति पुर्‍याएको र रगतको अभाव भएको अवस्थामा रक्तदान कार्यक्रम सञ्चालन गरी रगत उपलब्ध गराउनुजस्तो पुण्य कार्य अरू केही नहुने भएकाले कार्यक्रम आयोजना गरिएको संयोजक टासी दोङ्बा ह्योल्मोले बताउनुभयो।

साथै, कोभिड–१९ महामारीको समयमा हिल–नेपाल तथा ह्योल्मो सञ्चार समूहद्वारा राहत वितरण कार्यक्रमसमेत गरिएको जानकारी पनि दिनुभयो। कार्यक्रममा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष श्री फुपु छेम्बे शेर्पा र बोधिसत्व विहार ताइवानका धर्मगुरु श्री हेइग्वाङ शीलाई ताम्रपत्रद्वारा सम्मान गरिएको थियो। त्यसैगरी, भोटेकोशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पौडेललाई बाढीपीडितहरूको सहयोगार्थ ह्योल्मो गुम्बाका सल्लाहकार निमा लामा ह्योल्मोले सत्तर हजार रुपैयाँ र ह्योल्मो सञ्चार समूह तथा हिल–नेपालको तर्फबाट मास्क, स्यानिटाइजर, थर्मो गनजस्ता स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको थियो। बोधिसत्व विहार ताइवानका धर्मगुरु श्री हेइग्वाङ शीले ह्योल्मो समाज सेवा केन्द्रका लागि नगद एक लाख रुपैयाँ प्रदान गर्नुका साथै कार्यक्रममा बुद्ध दर्शनसम्बन्धी प्रवचन पनि दिनुभएको थियो।

प्रकाशित: १ बर्ष अघि | १७ पुष २०८१
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

१ बर्ष अघि

|

१६ जेठ २०८२

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१ बर्ष अघि

|

१७ पुष २०८१

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

८ बर्ष अघि

|

४ माघ २०७४

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

९ जेठ २०८२

सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण |

१३ चैत्र २०८१

४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न
४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न

१ बर्ष अघि

|

११ बैशाख २०८२

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

३ जेठ २०८२

हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्

१४ जेठ २०८२