, शनिबार, ७ मंसिर २०८२ | , Saturday, 22 Nov 2025
, शनिबार, ७ मंसिर २०८२ | , Saturday, 22 Nov 2025

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामा र कार्यपालिका सदस्य पासाङ वाङ्चु ह्योल्मोको नेतृत्वमा, गोकर्णेश्वर नगरपालिकाले शेल्कार गुम्बाले संरक्षण गरेको करिब २ रोपनि सार्वजनिक जग्गालाई आज स्थानीय तहको मातहतमा हस्तान्तरण गरेको छ । अख्तियार दुरुप
सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

गोकर्णेश्वर नगरपालिकाका कार्यपालिका सदस्य पासाङ वाङ्चु ह्योल्मोका अनुसार, पूर्व माननीय कृष्ण राई, उपप्रमुख सान्नानी लामा, वडा अध्यक्ष नवराज लामा, वडा समिति, शेल्कार गुम्बाका कार्यवाहक अध्यक्ष आङदावा ह्योल्मो, लाक्पा डोल्मा ह्योल्मो, पासाङ ग्याल्जेन शेर्पा, विजय गुरुङ गुम्बाका धर्म गुरु आदिको समन्वयमा शेल्कार गुम्बाले संरक्षण गरेको करिब २ रोपनि सार्वजनिक जग्गा स्थानीय तहको मातहतमा ल्याइएको छ । यस निर्णयसँगै वडा अध्यक्ष नवाराज लामाले आगामी आर्थिक वर्षमा माने–चैत्य सम्पदासहितको पार्क निर्माण गर्ने घोषणा गरिएको छ ।

यस ऐतिहासिक निर्णयको महत्वलाई जोड दिँदै कार्यपालिका सदस्य पासाङ वाङ्चु ह्योल्मोले “शेल्कार गुम्बाले गोकर्णेश्वर नगरपालिका मात्र होइन, बौद्ध दर्शनको शैक्षिक विकास र सांस्कृतिक संरचनामा अतुलनीय योगदान पुर्याएको छ । यस क्रममा शेल्कर गुम्बाले उक्त सार्वजनिक जग्गा संरक्षण नगरेको भए सायद भुमाफियाले अवैध तरिकाले भूमिको कब्जा गरी सर्वनास गरि सक्ने थियो अब, यस पवित्र स्थानमा माने–चैत्य सम्पदासहितको पार्क बन्ने छ, यसको लागि वडा समितिलाई धन्यवाद” भन्दै जग्गा संरक्षण र समुदाय प्रतिको योगदानको लागि गुम्बालाई पनि धन्यवाद व्यक्त गरेका थिए ।

गोकर्णेश्वर नगरपालिकाका वडा अध्यक्ष नवराज लामा पनि यस अवसरमा सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै भने, “यस स्थानमा माने–चैत्य सम्पदासहित पार्क निर्माण गर्नको लागि शेल्कार गुम्बा र स्थानीय सरकारबीचको सहकार्य र समन्वयको महत्वपूर्ण भूमिका रहनेछ । यस सहकार्यले हाम्रो वडाको सांस्कृतिक धरोहरलाई भविष्यमा सुरक्षित राख्न मद्दत गर्नेछ ।” उनले स्थानीय सरकार र शेल्कार गुम्बाबीचको सुदृढ समन्वयको महत्वलाई पनि उजागर गरे र यसलाई समाजको समग्र विकासमा योगदान पुर्याउने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।

महाभूकम्पको समयमा शेल्कार गुम्बाले समुदायको लागि महत्वपूर्ण योगदान दिएको कुरा गुम्बा समितिका लाक्पा डोल्मा ह्योल्मोले बताए । “महाभूकम्प जस्तो आपत्कालिन अवस्थामा शेल्कार गुम्बाले आफ्नो सेवा र समर्पणका माध्यमबाट समुदायको सहारा बन्यो, करिब ३ महिना सम्म गुम्बाकै आँगनमा खानपान सहितको सहयोग गरेको थियो । यस गुम्बाले समुदायलाई सांस्कृतिक र शैक्षिक दृष्टिकोणबाट समृद्ध बनाउन निरन्तर कार्य गर्दै आएको छ । ”

शेल्कार गुम्बाका कार्यवाहक अध्यक्ष आङदावा ह्योल्मोले भने, “हामीलाई गोकर्णेश्वर नगरपालिका र वडा कार्यालयसँगको समन्वयमा समुदायको हितमा काम गर्न पाउँदा गौरवान्वित छौं । हाम्रो गुम्बा मुनाफा रहित, समाजिक हितकार गर्ने बौद्ध दर्शनबाट शान्ति जागरणको कार्यहरु गर्नुका साथै समाजको शैक्षिक र सांस्कृतिक समृद्धिमा सहयोग पुर्याउने लक्ष्यमा प्रयासरत रहेकोछ । ” यस कदमले शेल्कार गुम्बा र गोकर्णेश्वर नगरपालिका बीचको स्थायी सहयोग र समन्वयलाई अझ दृढ बनाएको छ भने सामाजिक, सांस्कृतिक र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ । यस अवसरमा, गोकर्णेश्वर नगरपालिकाका अन्य सरोकारवालाहरू र स्थानिय वासिन्दाहरूले पनि शेल्कार गुम्बाको योगदानको प्रशंसा गर्दै यस निर्णयलाई एक ऐतिहासिक माइलस्टोनका रूपमा स्वागत गरेका छन् ।

प्रकाशित: ६ महिना अघि | ३ जेठ २०८२
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

५ महिना अघि

|

१६ जेठ २०८२

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१० महिना अघि

|

१७ पुष २०८१

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति
राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

७ बर्ष अघि

|

४ माघ २०७४

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

५ महिना अघि

|

९ जेठ २०८२

सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण |
सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण |

७ महिना अघि

|

१३ चैत्र २०८१

४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न
४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न

६ महिना अघि

|

११ बैशाख २०८२

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..
सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

६ महिना अघि

|

३ जेठ २०८२

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..
सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

६ महिना अघि

|

३ जेठ २०८२

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति
राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

७ बर्ष अघि

|

४ माघ २०७४

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१० महिना अघि

|

१७ पुष २०८१

हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्
हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्

५ महिना अघि

|

१४ जेठ २०८२

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

५ महिना अघि

|

९ जेठ २०८२

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

५ महिना अघि

|

१६ जेठ २०८२

को बन्दैछन् महिला फुटबल टिमको नयाँ प्रशिक्षक ? तामाङ सहायक प्रशिक्षक हुने
को बन्दैछन् महिला फुटबल टिमको नयाँ प्रशिक्षक ? तामाङ सहायक प्रशिक्षक हुने

७ महिना अघि

|

२७ चैत्र २०८१