, मंगलबार, ३ चैत्र २०८२ | , Tuesday, 17 Mar 2026

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

नेपाल पे्रस युनियनको आयोजनामा शुक्रबारदेखि जारी लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटअन्तर्गत सोमबार तेस्रो दिन अन्तरराष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसहितको टोली पोखरा हुँदै हिमाल पारीको जिल्ला मुस्ताङमा आइपुगेको छ ।

पोखराको अन्नपूर्ण केबलकारमार्फत फेवातालसहित पोखराको मनोरम दृश्य नियाल्दै यात्रा सुरु गरेको टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

टोलीले म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाम, रुप्से झरनालगायत पर्यटकीय गन्तव्यको प्रवर्द्धनात्मक भ्रमण गर्दै मुस्ताङ आइपुगेको हो । यात्राका सहभागीलाई अन्नपूर्ण गाउँपालिकामा बाजागाजाका साथ गाउँपालिकाका तर्फबाट स्वागत गरिएको थियो ।

सहभागीलाई स्वागत गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धनलाई केन्द्रित गदै नागरिकलाई सुशासनसहितको सेवा प्रवाहमा पालिका संवेदनशील भएर काम गरिरहेको बताए ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु पोख्रेलले गाउँपालिकाले गरिरहेको सेवा प्रवाह र विकास निर्माणका गतिविधिका बारेमा सहभागीलाई जानकारी गराएको थियो ।

पर्वतको जलजला गाउँपालिकामा नेपाल प्रेस युनियन पर्वतले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाकोे कृषि, पर्यटनको सम्भावनाबारे पालिकाका सूचना प्रविधि अधिकृत सुदीप पौडेलले जानकारी गराउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले ४१ प्रतिशत जमिन वनजङ्गलले ढाकेको जलजला गाउँपालिकाले न्यूनतम स्रोतसाधनमा पनि जडीबुटी, जमिन, जङ्गल र कृषिमा सम्भावना खोजिरहेको जानकारी दिए । दुवै कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले गाउँपालिकाको सम्भावनालाई सञ्चारमाध्यममार्फत उजागर गरिने विश्वास व्यक्त गरे ।

ललितपुरको हिमालय होटेलमा औपचारिक उद्घाटन गर्दै राजधानीसहित पोखरामा विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा सञ्चार क्षेत्रले भोग्नुपरेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभाव, प्रेस स्वतन्त्रता र नेपाली पत्रकारितालगायत विषयमा विभिन्न सत्रमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

मङ्गलबार मुस्ताङको जोमसोममा जलवायु परिवर्तन र यसको प्रभाव, चुनौतीलगायत विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गर्दै लोमन्थाङ घोषणापत्र जारी गरिने नेपाल प्रेस युनियनले जनाएको छ ।

प्रकाशित: ९ महिना अघि | ९ जेठ २०८२
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

९ महिना अघि

|

१६ जेठ २०८२

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१ बर्ष अघि

|

१७ पुष २०८१

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

८ बर्ष अघि

|

४ माघ २०७४

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

९ महिना अघि

|

९ जेठ २०८२

सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण |

११ महिना अघि

|

१३ चैत्र २०८१

४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न

१० महिना अघि

|

११ बैशाख २०८२

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

३ जेठ २०८२

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..
सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

१० महिना अघि

|

३ जेठ २०८२

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१ बर्ष अघि

|

१७ पुष २०८१

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति
राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

८ बर्ष अघि

|

४ माघ २०७४

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

९ महिना अघि

|

९ जेठ २०८२

हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्
हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्

९ महिना अघि

|

१४ जेठ २०८२