, मंगलबार, ३ चैत्र २०८२ | , Tuesday, 17 Mar 2026
, मंगलबार, ३ चैत्र २०८२ | , Tuesday, 17 Mar 2026

महाभूकम्पको सामनाः मृत्युसंग साक्षत्कार

आफ्नो घरमा बस्न आएको बच्चा आफूले घुमाउन लैजाँदा महाभूकम्पमा परी मृत्यु भएको अवस्थाले म र मेरो परिवार मर्माहत भएका थियौं । जति दुःख भएपनि आफैलाई होस, अरुलाई नहोस् भनेर सोच्ने व्यक्ति आज त्यस्तो घटनामा पर्दा ग्लानी भयो ।
महाभूकम्पको सामनाः मृत्युसंग साक्षत्कार

महाभूकम्प २०७२ वैशाख १२ ले ९ हजार भन्दा बढीको ज्यान लियो । हजारौ घाइते भए, लाखौलाख घरवारविहीन भए । त्यसमध्ये परिवार मेरो पनि प्रत्यक्ष प्रभावित परिवार रहन गयो । भूकम्पको पीडा बिर्सन नसकेर काठमाडौको अस्थायी बसोवास पनि मैले बर्दिया सारें । प्रवेशिका परीक्षा दिन तयार छोराको विद्यालय पनि स्थानान्तरण गर्नुपर्‍यो । धन्न शिक्षा मन्त्रालयले भूकम्पपीडित परिवारले सहजै आफ्ना बालबालिकाको विद्यालय स्थानान्तरण गर्ने अनुमति दियो ।  

भूकम्पको दिन दिन (१२ देखि १४, बैशाख, २०७२) मा मैले जे देखें, त्यो क्षण र परिवेश मेरा लागि अविस्मरणीय छन् । म कहिल्यै भुल्न सक्नेछैन । जीवन र मृत्यु आकस्मिक कुरा हो, भाग्य भन्ने चिज छ भने मैले भाग्यले आजको जीवन पाएँ । संगै धरहरामा गएर पनि म धरहरा नचढ्नाले ज्यान जोगियो । त्यही धरहरामा मृत्युवरण गरेका भतिजले एक पटकमात्र आग्रह गरेको भए, सायद मैले टार्न सक्दिन थिए वा मिल्दैनथ्यो । उनी यति आत्मविश्वासी थिए कि आँटेको काम गरि छाड्थे । मलाई लाग्छ, सानोबाबालाई किन दुःख दिने भनेर उनले केही नभनी पूmर्तिका साथ भर्याङ उक्लिए । एसएलसी दिएर आएका जिज्ञासु युवकले दुई–तीन मिनेट धरहराभित्र जाने गेटैमा राखिएका ठूला–ठूला होर्डिङबोर्डका सूचना पढ्न समय विताएका भए उनी जोगिने थिए । 

भतिजको मृत्युपछि उनको आमा–बुवालाई कसरी बताउने र कसरी त्यो पीडा सहन गर्न सक्ने हुन् र मलाई के भन्ने हुन् भन्ने पीडादायी र अप्ठ्यारो परिवेशले मेरो हृदय छिया छिया भएको थियो । धरहरा ढलेर आफन्त गुमाएर सहाराविहीन भएर एकसुरे दिमाग लिएर फर्कदा बसन्तपुर दरवारको उराठ उजाड अवस्था देख्दा म झण्डै बेहोस भएको थिएँ । निरन्तर परकम्पका बीच काठमाडौका सडकहरुमा मोटरसाइकिलमा हुइकिँदा साँझ के धनी के गरीव, के नेता के जनता र सर्वसाधरण आफ्ना आलिशान महल छाडी सिरक र तन्ना च्यापेर खुल्ला ठाउँमा बास बस्न निन्याउरो अनुहार लगाई भौतारिरहेको दृश्यले मानव जीवन बुझ्न सघायो । सम्पत्तिको शान त क्षणिक रहेछ । प्रकृतिले कसैलाई विभेद गर्दो रहेनछ । जतिसुकै धनसम्पत्ति आर्जन गरेपनि विपत्तिमा त मान्छे नै चाहिने रहेछ ।  महाभूकम्प व्यहोरेको एक वर्षलाई फर्केर हेर्दा कठिन राजनीतिक अवस्थालाई निकाश दिन मुख्य राजनीतिक दलहरुबीच राजनीतिक सहमाति जुटाउने सवालमा महाभूकम्पले ठूलो भूमिका खेल्यो । 

संविधानसभाले नेपालको संविधान २०७२ असोज ३ गते जारी गर्‍यो ।  तराईकेन्द्रित आन्दोलन र नाकाबन्दी साथै त्यसले सिर्जना गरेको आपूर्ति व्यवस्थाको अवरोध सरकारको जिम्मेवारीवाट भाग्ने बलियो बहाना बन्यो । लामो राजनीतिक खिचातानी पछिभूकम्प पछिको पुनःनिर्माणका लागि प्राधिकरण त बन्यो तर अपेक्षाकृत काम सुरु गर्न सकेन । यही परिवेशमा म पुनः आफ्नो परिवेश, पीडा, अनुभूति साट्ने जमर्को गर्दैछु । 

२०७२ बैशाख १२ गते शनिवार परेको थियो । मेरी जेठी सासुको कान्छो छोरा भतिज (जगतराम थारु, वर्ष १६) प्रवेशिका परीक्षा सकेर घुम्न काठमाडौ आएको हप्ता दिन पुग्दै थियो । मेरो अफिसको कामको व्यस्तताका कारण घुमाउन लिएर जान सकेको थिएन । शनिवार परेकोले सो दिन विहानको खाना चाडै खाएर १०.३० बजे मोटरसाइकलमा हिँड्यौं । नैकापबाट कलंकी हुदै भोटेवहालको बाटो हुदै सबैभन्दा पहिले टाढैबाट धरहरा देखाएँ । न्युरोड, रत्नपार्क, रानी पोखरी, कान्तिपथ, नारायणहिटी, दरवारमार्ग हुदै सिंहदरवार, अनामनगर छिराएर संविधानसभा भवन देखाएँ । बानेश्वर चोकपुग्दा पुग्दा नपुग्दै मेरो मनमा दोधार भयो । शंखमुल हुदै पाटन कृष्णमन्दिर लैजाने कि सुन्धारा लैजाने ?

ठिक त्यसैबेला माइतीघर तर्फको बाटो खुल्यो । बिहान सुन्धारा पुग्दा फर्केर आएर धरहरा चढ्ने  र मःमः खाएर घर फर्कने योजना गरेकोले मोटरसाइकिलको हैण्डल माइतीघर तर्फ मोडियो । सुन्धाराको पूर्वपट्टि रहेका निःशुल्क पार्किङ क्षेत्रमा मोटरसाइकिल राखेर टिकट घरतर्फ हान्नियौं । म आफै अभिभावकको भूमिका निर्वाह गर्न पाएकोमा दंग थिएँ भने भतिज धरहरा चढ्न लालयित भतिज फुर्तिलो ढंगले टिकट घरको सिढी चढे । उनको अनुहार खुशीले धपक्क बलेको थियो । म चिनी रोगी भएकोले दुई घण्टासम्म निरन्तर ड्राइभिङ गरेकोले केही शिथिलता महसुस गरिरहेको थिएँ । त्यसैले धरहरा नचढ्ने सोच बनाएँ । पचास रुपैयाँको टिकट किनेर भतिजलाई दिंदै जाउ चढेर आउ, म यही बगैचामा आराम गर्छु भनें । फेरि सोचें, उनी माथि गएपछि उनको फोटो कसले खिचिदेला । माथि धरहराको टुप्पोमा हेरें, आठ दस जना मानिसहरु देखिए । त्यहीका कसैलाई फोटो खिच्न अनुरोध गर्नु भने, उनले हवस् भनेर खुरुरु धरहराको प्रवेशद्वारतर्फ हानिए । म पूर्वको बगैचातर्फ लागें ।

नियतिको मिति पुगेको मलाई के थाहा, म भतिज धरहरा चढेर फर्केपछि मज्जाले मिठो मःमः खाँदै काठमाडौ घुमाईको अनुभव साटौला र भोलिको घुम्ने योजना बनाउँला भनेर मनमा खेलाउँदै के थिए, आफू असन्तुलत भएको महसुस गरें । हर्दाहर्दे म बगैचाको फलामको कुर्ची समातेर अडिने प्रयास गर्न थाले । फर्केर धरहरामाथि दृष्टिपात गर्दा त निरीह धरहरा घडीको लंगुर जसरी हल्लिरहेको थियो । क्षणभरमै धरहरा गल्र्याम्मै पश्चिमतर्फ ढल्यो । सुन्धारा पुरै धुलोले पुरियो । म अवाक भएं । 

मेरो छेउछाउका मानिसहरु रुन कराउन थालेपछि म पनि होशमा आाएछु । आफूसंगै केही क्षण आत्मियतका साथ कुराकानी गरिरहेको व्यक्ति धरहरासंगै ढलेको अवस्था थियो । सबै चिज गुमाएको बेसहारा मानिस जस्तो भएँ म । कति सपना बुनेर धरहरा चढेको छोरा सपनासंगै अलप भयो । सबै मानिसहरु आफन्त खोज्न पल्टिएको विवश खण्डहरको धुलोमा खोस्रन थाले । म पनि मुटुमा उर्लिएको पीडा र आँखामा बगिरहेको अश्रुधारासंगै आफ्नो मान्छे खोज्न थालें । त्यो धरहराको धुलोमा तप तप खसिरहेको आँसु विस्तारै बिलीन भइरहेका थिए । कतिपय जिउँदा व्यक्तिहरु भेटिइरहेको बेला कतै भतिज जिउँदै भेटिइ हाल्ने हुन् कि भन्ने झिनो आसमा खोज्ने सकेको प्रयास गरें । 

एक घण्टाको अनवरत खोस्राइपछि उनको जुत्ता सहितको खुट्टा भेट्टाएँ । उनले हिंड्दा जुत्ता लगाउँदै गर्दा मेरो नजर जुत्तामा परेको थियो । के थाहा, त्यही चिज उनको मृत्युको पहिचान गर्ने कुरा बन्ला भनेर । मैले अनुमान लगाएँ, उनी सातौ तल्लासम्म पुगेका रहेछन् । ठूलो चाङले शरीर च्यापिएकोले तत्काल निकाल्न सम्भव थिएन । केही क्षणपछि नेपाली सेनाको उद्धार टोली आवश्यक तयारीका साथ आइपुग्यो । चार पाँच घण्टा लगाएर धरहराका सबै भग्नावशेष छेउ लगाएर सबै घाइते र लाश निकालियो  । 

घटना त भयो, अब घरमा कसरी जानकारी गराउने भन्नेबारे म चिन्तामा परें । एकैपटक मृत्युको खबर कसरी दिने ? आखिर भन्न त भन्नै पर्छ । बर्दिया, गुलरियामा बस्ने भाई मानबहादुरलाई अवस्थाको बारेमा जानकारी गराएँ । गाउँका बरघर र जान्ने सुन्नेलाई अवस्था बताउन भनें । विस्तारै बताउने कुरा गरें । उता, मैले लाश नभेटाइसकेकोले अझै जिउँदै भेटिन सक्ने आशा मरिसकेको थिइन । साँभ mसात बजे घाईते र लाश राखिएको ठाउँमा गएँ । ट्रमा सेन्टरमा घाइतेहरु राखेकोले सबैभन्दा पहिले त्यहाँ खोजें, त्यसपछि बीर अस्पतालका पेटी, वार्दली, कोठा र आँगन चहारें । सयौको संख्यामा रहेको शव लस्करै राखिएका थिए । पहिचानका लागि हेर्दै गएँ, त्यहाँ पनि फेला पार्न सकिन । मन झनै हडबडायो । त्यहाँ केही पीडित परिवारले घाइतेहरु शिक्षण अस्पताल महाराजगंजमा राखेको छ अरे, भन्ने कुरा गरिरहेको सुनें । कतै मेरो मान्छे पनि घाइते मात्र पो छन् कि भनेर केही आशा लिएर, टिचिङतर्फ हानिएँ । 

उता, भूकम्पको ससाना पराकक्पन निरन्तर आइरहेको थियो । तर, त्यसको कुनै प्रवाह भएन । कसरी जिवित वा मृत अवस्थामा आफ्नो मान्छे भेटिन सक्छ भन्ने मात्र ध्याउन्न थियो । शिक्षण अस्पतालको परिसर भरिभराउ थियो, घाइतेहरुको उपचार भइरहेको थियो । घाइते र मृतहरुको सूची पनि हेरें तर पाइन । तब, शव राखिएको हलमा पुगें । एक एक गरी हेर्दै जाँदा भतिजको शव बल्ल फेला पारें । सग्लो शरीर, चौडा छाती, हातमा घडी, कम्व्याट ड्रेसमा सजिएको उनको शव बरफमा राखिएको थियो । पीडाका आँसु झर्न थाले वागमती भएर । यसरी अधैर्यताका साथ आफन्तको खोजी गर्दा मानिसका शवहरु बीचमा रहँदा भूकम्पको सामना मात्र गरिरहेको थिइन कि मृत्युसंग आमने सामने बसेर साक्षात्कार पनि गरिरहेको महसुस भइरहेको थियो । म संगै गएका साथी तथा घरबेटी चुर्ण वलीजीलाई ईसारा गर्दै शव चिनाएँ । शव पहिचानका लागि कागजात तयार गरिरहेको प्रहरीलाई आफ्नो मान्छे भएको बताएर नाम, वतन दर्ता गराएँ । 

शव त भेटियो, अब दाहसंस्कार यतै गर्ने कि लिएर गाउँ जाने, लिएर कसरी जाने ? ठूलो संकट आयो । गाउँबाट पनि घरी लिएर आउन सुझाव आउँथ्यो भने घरी त्यतै अन्त्यष्टी गरिदिन भनिन्थ्यो । तर म भने सकेसम्म शव गाउँ नै लिएर जाने सोचमा थिएँ । किनकि आफूकहाँ आएको बच्चा आफैले घुमाउन लैजाँदा भूकम्पमा परी मृत्यु भएकाले उनको आमा बाबु र आफन्तले अन्तिम पटक मुख हेर्न पाए भने राम्रो हुने कुरामा म अडिग थिएँ । मैले गाउँ लैजान काठमाडौका सबैजसो एम्बुलेन्स र शव वाहनहरुसंग विन्ति गरें । तर, यस्तो कठिन अवस्थामा उपत्यका बाहिर जान नसकिने बताए । साथी कृष्ण गौतमले पनि मलाई सघाउनु भयो तर केही लागेन । म निराश भएँ । अनिश्चितताको बालद मडारियो मानसपटलमा । पहिचान गरिएका शवहरु बुझ्दै आफन्तहरु जान थाले, शवहरु निरन्तर आइरहेका थिए । गर्मीको महिना दुई दिन बितिसक्दा शवहरु गनाउन थालिसकेका थिए । त्यसकारण सरकारले पहिचान नभएका शवहरु महानगरपालिकाले अन्त्यष्टी गर्ने निर्णय गरिसकेको थियो । 

प्रकाशित: ११ महिना अघि | २ बैशाख २०८२
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

९ महिना अघि

|

१६ जेठ २०८२

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१ बर्ष अघि

|

१७ पुष २०८१

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति
राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

८ बर्ष अघि

|

४ माघ २०७४

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

९ महिना अघि

|

९ जेठ २०८२

सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण |
सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण |

११ महिना अघि

|

१३ चैत्र २०८१

४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न
४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न

१० महिना अघि

|

११ बैशाख २०८२

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..
सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

१० महिना अघि

|

३ जेठ २०८२

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..
सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

१० महिना अघि

|

३ जेठ २०८२

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१ बर्ष अघि

|

१७ पुष २०८१

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति
राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

८ बर्ष अघि

|

४ माघ २०७४

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

९ महिना अघि

|

९ जेठ २०८२

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

९ महिना अघि

|

१६ जेठ २०८२

हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्
हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्

९ महिना अघि

|

१४ जेठ २०८२

४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न
४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न

१० महिना अघि

|

११ बैशाख २०८२